ओलीको प्रधानमन्त्री प्रचण्डमाथी भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको आरोप।

 

ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय
गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे । ओलीले उक्त भेट पनि
प्रधानमन्त्रीले लुकाएको आरोप लगाए । उनले भारतीय गुप्तचर प्रमुख
नेपालमा आएका बेला आफूले सार्वजनिक रुपमै भेटेको र कुनै कुरा नलुकाएको
बताए । उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर
प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहीतका पक्षमा कुनै कुरा नगरेको
बताए।

उनले भने, ‘जे कुरामा पनि नेकपा एमालेलाई दोषी देखाउने काममा लागेको
छ । भारतबाट रअका प्रमुख नेपाल आए, मसँग भेट्छु भने, नेपालमा आएर भेटेँ,
मैले सार्वजनिक रुपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो,
उनको निवासमा गएर लुकेर भेट्नुभयो । गोप्य मन्त्रणा गरेर आउनु भयो । मैले
त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन । मलाई भेट्न
आएको ठाउँमा मैले भेट दिएको हो । जनताको हीतको पक्षमा कुरा गरेँ, अहीत केही
कुरा गरिनँ, उहाँले देशको हीतको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के

प्रतिक्रिया दिनुहोस्