एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय

माध्यमिक शिक्षा परीक्षा एसईईको प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

विद्यार्थीले सच्चाउनका लागि प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन सक्नेछन ।।

प्रतिक्रिया दिनुहोस्