६ महिनाको विचमा स्पेन प्रवेश गर्न खोज्ने झण्डै एक हजार आप्रवासीहरुको मृत्यु

छ महिनाको विचमा स्पेन प्रवेश गर्न खोज्ने झण्डै एक हजार आप्रवासीहरुको मृत्यु

छ महिनाको विचमा स्पेन प्रवेश गर्न खोज्ने झण्डै एक हजार आप्रवासीहरुको मृत्यु भएको छ । सन् २०२३ को पहिलो ६ महिनामा समुद्री मार्ग हुदै स्पेन प्रवेश गर्न चाहने ९ सय ५१ जना आप्रवासीको मृत्यु भएको प्रतिवदेन वाकिङ वोर्डर्स नामक संस्थाले सार्वजनिक गरेको हो । यसरी मृत्युवरण गर्नेहरुमा ४९ जना बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार हरेक दिन औसत पाँच जना आप्रवासीहरु स्पेन प्रवेश गर्न खोज्दा मर्ने गरेका छन् । ज्यान गुमाउनेमा अल्जेरिया, क्यामरुन, कोमोरसप कंगो, इथोपिया, गिनी, आइभोरीकोस्ट र मालीका नागरिक छन । त्यस्तै मोरक्को, गाम्बिया, सेनेगल, श्रीलंका, सुडान र सिरियाका नागरिकको पनि ज्यान गएको छ ।।

प्रतिक्रिया दिनुहोस्