अवैध लागूऔषधसहित पक्राउ

असार २१-कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हिरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने  ३४ वर्षीय राम बिलाश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्