कैलालीमा नदीमा डुुबेर एक जनाको मृत्यु

 

असार २१-टीकापुर,  कैलालीमा नदीमा डुुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुरका ४५ वर्षिय गणेश चौधरीको नदीमा डुबेर मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार बुधवार नदीमा डुबेर बेपत्ता भएका चौधरी बिहीवार मृत अवस्थामा फेला परेका हुन । खेतमा रोपाई गर्न गएका चौधरी स्थानीय कटैनी नदीमा डुबेका थिए ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्दा बिहीवार उनको शव भेटिएको हो ।

 

स्रोतः हाम्रो पत्र

प्रतिक्रिया दिनुहोस्