अवैध लागूऔषधसहित पक्राउ तथा बरामद

असार २०-झापा, झापा गाउँपालिका-४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित कनकाई नगरपालिका-३ बस्ने २४ वर्षीय मनिष वाग्लेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, लेटाङ नगरपालिका-८ बस्ने २५ वर्षीय सुवास कार्की समेत ५ जनालाई नियन्त्रित लागूऔषध स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाँजासहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ अधेरीखोलास्थित सडकमा रोकी राखेको आरजे ०२ जिए ८३८८ नम्बरको भारतीय ट्रकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त ट्रकलाई जाँच गर्ने क्रममा लुकाई छिपाई प्लाष्टिकको टेपले रोलिङ गरी राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्