नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।

असार १७-काठमाडौं , आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।

आइतबार भएको खेलमा युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पार गर्‍यो।

१०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी गर्दै जिताएका हुन् ।  ऐरी ‍‍ ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे ।

 

प्रतिक्रिया दिनुहोस्