घर जाँदै गर्दा तादी खोला तर्ने क्रममा खोलाले बगायो

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका १२ स्थित तादीखोलामा नायपुलमुनि खोलाको किनारमा एक स्थानीय मृत अवस्थामा फेला परेको छ ।

 

लिखु गाउँपालिका ३ का ५५ वर्षीय रत्नबहादुर राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनी लिखु गाउँपालिका १ ढिकुरेबाट घर जाँदै गर्दा तादी खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्