भारतमा भीषण सडक दुर्घटनामा २५ जनाको मृत्यु

 

भारत महाराष्ट्रको बुलढानामा भएको भीषण सडक दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बुलढाना जिल्ला नजिक समृद्धि राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा बाँचेका व्यक्तिका अनुसार मध्यरात १ः२६ बजे दुर्घटना भएको हो । प्रहरी र घटनास्थलमा उपस्थित व्यक्तिका अनुसार नागपुरदेखि औरंगाबाद रुटमा बस पहिले दायाँतर्फको फलामको पोलमा ठोक्किएपछि अनियन्त्रित भई दुई लेनबीचको कंक्रीट डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

बाँचेकाहरुका अनुसार झ्यालको सिसा हातले भाँचेर बाहिर निस्कनेहरु मात्रै बाँचे । बसमा ३३ यात्रु थिए, प्रहरीले २५ जनाको शव निकालेको छ । बसबाट निकालिएका शव जलेका छन् । जसका कारण मृतकको पहिचान गर्न कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्