रुपन्देहीमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

 असार १३- रुपन्देही, रुपन्देहीमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । शिवकुमारले पारिवारिक विवादको क्रममा ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो ।

आमाको हत्यापछि फरार भएका पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ निवासी २५ वर्षीय शिवकुमार मुशहरलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनहवाबाट पक्राउ गरेको हो । शिवकुमार रुपन्देहीको गैडहवामा आएर लुकेर बसेका थिए । घटना हिजो भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्