भारतको उडिसामा बस दुर्घटना हुँदा एघार जनाको मृत्यु

भारतको उडिसामा बस दुर्घटना हुँदा एघार जनाको मृत्यु भएको छ ।

 

गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा भएको हो । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि बर्हम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ ।रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्