लुटपाटमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

असार १०-कालिकोट नरहरी गाउँपालिका-९ बस्ने पीडितको नगद १ लाख ४७ हजार भारतीय रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-८ बस्ने ३९ वर्षीय बसन्त दमाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका बसन्तको खोजी गर्ने क्रममा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका-२ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्