अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला

कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी मृत फेला परेकी छन्।
गोदावरी नगरपालिका-४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी निलम मृत फेला परेकी हुन्!
शनिबार करिब ४ बजेको समयमा निलम आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख गणेश बरालले जानकारी गराए!
निलम नेपालगन्जमा पढ्थिन यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ!

प्रतिक्रिया दिनुहोस्