विवाहको आर्को दिन नवविवाहित जोडीसहित पाँच जनाको हत्या

यो घटना भारतको मेनपुरी ठाँउको हो

विवाह भएको एकै दिन नवविवाहित जोडीसहित पाँच जनाको हत्याले भारतमा सनसनी मच्चाएको छ । हत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरी टोली घटनास्थलमा पुगेर प्रमाण संकलन गरिरहेको छ ।मेनपुरीमा पछिल्लो एक सातामा ११ वटा हत्याका घटना भएका छन् । जहाँ एक व्यक्तिले परिवारका पाँच जना आफन्तको हत्यापछि उनले आफैलाई गोली हानेका थिए ।

यूपीको मैनपुरी जिल्लामा शनिबार एउटा हृदयविदारक घटना बाहिर आएको छ।बिहेको दिनमा हाँसो र ठट्टा, त्यसपछि घरमा डीजेको धुनमा नाचगानअनि आफन्तसँग कान्छाको विवाहको खुसीमा जेठो दाजु हर्षोल्लासका साथ सहभागी भएका थिए । तर शनिबार बिहान तेही घरमा मृत्युको नांगो नाच देखियो । नवविवाहित दाजुको घाँटी, अनुहार र हातमा छुरा प्रहार गरी हत्या गरिएको छ । उनको दुलहीको अनुहारमा प्रहार गरि बीचबाट च्यातियो।

यसपछि उसले आफ्नी जेठाजु र भाइको साथीको घाँटीमा छुरा प्रहार गरी हत्या गरेका थिए । त्यसपछि कान्छो भाइको अनुहार, घाँटी र टाउकोमा प्रहार गरि मारेको थिया। यसपछि पनि हत्याराको टाउको रिस शान्त भएन । उसले आफ्नै बुवा, श्रीमती र मामालाई पनि कुटपिट गरेका थिए ।कुटपिट गर्दा चिच्याएको देखेर हत्यारा घरको पछाडि दौडेर पेस्तोलले गोली हानेर आत्महत्या गर्यो । निर्मम हत्याकाण्डपछि गाउँमा सनसनी फैलिएको छ । एडीजी, आईजीलगायत विभागका सबै अधिकारीले घटनास्थलको निरीक्षण गरेका छन् । घटनाको ठ्याक्कै कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्