बाजुरामा चट्याङ लागेर चार भैँसी मरे

असार ९- बाजुराः बाजुरामा चट्याङ परेर चार भैँसी मरेका छन्।

शुक्रबार राति परेको चट्याङबाट बडिमालीका नगरपालिका–७ जिल्ली मलियासैन लेकमा चार भैँसी मरेका हुन्। चट्याङबाट पृथूराज जोशी, सहदेव खत्री, प्रेम खत्री र गोरे पाध्याको एकएक भैँसी मरेको प्रहरीले जनाएको छ।

 

साथै चट्याङबाट खडकराज जैशीको गाई घाईते भए पनि मानवीय क्षति नभको प्रहरीले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्