अन्तर्वार्ता समाज

ओखलढुङ्गामा पहिरो जाँदा चार जनाको मृत्यु, २५ वटा भन्दा बढी घर बगायो

ओखलढुङ्गामा पहिरो जाँदा चार जनाको मृत्यु, २५ वटा भन्दा बढी घर बगायो

 

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ ।

 

गएराती एघार बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको हो । स्थानीय अन्य दुई जना बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाए पनि परिवारका सदस्यहरु भागेर जोगिन सफल भएका छन । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको मृत्यु भएको हो । त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको पनि ज्यान गएको छ ।

 

पहिरो प्रभावित क्षेत्रमा रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारको काम जारी राखेको छ । पहिरोले पु¥याएको क्षतिका विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…