अन्तर्वार्ता

दार्चुलामा गोठाला गएकी एक महिलाको भिरबाट लडेर मृत्यु

दार्चुलामा गोठाला गएकी एक महिलाको भिरबाट लडेर मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

असार ७ –दार्चुलामा गोठाला गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–५ राताकाठामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको हो।

लेकम–५ राताकाठाकी अन्दाजी ३२ वर्षीया नन्दादेवी (कलावती) बोहराको बुधवार विहान गोठालो गएको बेला घर नजिकैको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्त केशव बोहराले बताए। राताकाठा भिरबाट लडेको दिउँसो मात्रै थाहा पाएको र घटनास्थलमा पुग्दा मृत अवस्थामा फेला परेको उनले बताए।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…