मुम्बईमा एक पुरुषले चलिरहेको अटोमा महिलाको घाँटी काटे पछि आफ्नो पनि काटे घाँटी

असार ३ – मुम्बई, यो घटना भारतको मुम्बईमा भइको हो

मुम्बईको साकीनाका इलाकामा १९ जुनमा एउटा सनसनीपूर्ण घटना घटेको थियो । चलिरहेको अटोमा एक पुरुषले एक महिलाको घाँटी काटेको आरोप छ । अपराध गरेपछि ती व्यक्ति अटोबाट बाहिर निस्के र आफ्नो घाँटीमा पनि छुरी हाने । आरोपित र महिला एकअर्कालाई चिनेका र अटोमा जाने क्रममा कुनै कुरालाई लिएर झगडा भएको बताइएको छ । अस्पतालमा महिलाको मृत्यु भएको हो ।

 

अभियुक्तको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्