दाङमा बोक्सीको आरोप लगाउने दुईजना पक्राउ

असार ३,  दाङ ।  दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झाक्री घोराही उपमहानगरपालिका २ निमुरिया निवासी ४५ वर्षीय यम बहादुर सार्की र घोराही ३ निवासी ३३ वर्षीय सरस्वती गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।

 

उहाका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा विरामी भएको भन्दै यम बहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लागेउ भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरीएको हो । पक्राउ परेका दुबैजनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्र्तगत धामी झाक्रीको माध्यमद्धारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा जिल्ला अदालतबाट अनुमती लिएर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताउनुभएको छ ।

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्