संखुवासभामा बाढीले बगाउँदा १ जनाको मृत्यु, १७ जना मजदुर बेपत्ता

 असार ३, संखुवासभा ।  सङ्खुवासभाको हेँवा खोलामा गएराति बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी छ । चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनेपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षती भएको हो ।

 

बाढीले चैनपुर ४ मा निर्माण भईरहेको सुपर हेँवा हाईड्रोमा पूर्णरुपले क्षती पु¥याउँदा १७ जना मजदुर बेपत्ता रहेको वाना प्रहरी चौकीका ईञ्चार्ज टिकाराम राईले जानकारी दिनुभयो । खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले भनाइ छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधिन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 

 

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्