कटुवा पेस्तोलसहित दुई जना पक्राउ

असार २, रौतहट, मौलापुर नगरपालिका-५ स्थितबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही मलङ्गवा नगरपालिका-७ बस्ने ४५ वर्षीय उमेश राय र ६५ वर्षीय मोहन राय रहेका छन् । ईलाका प्रहरी कार्यालय मौलापुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको युपि ५७ एफ ३२३८ नम्बरको मोटरसाइकलको सिट मुनि उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्