सुखडमा जिपको ठक्करबाट एक जनाको मृत्यु

असार २ ,सुखड  कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका –४ खैरेनामा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको डोटी शिखर नगरपालिका –९ का ३५ वर्षका राजेन्द्र सिंह खड्काले चलाएको से ३ प ८९२५ नम्बरको मोटरसाईकललाई कैलाली गोदावरी नगरपालिकाका ४२ वर्षका झलक ऐडीले चलाएको प्रदेश ३ को ०१–०२४ च ५१४८ नम्बरको जिपले ठक्कर दिदा गत बिहीबार मोटरसाईकल चालक राजेन्द्र सिंह खड्काको छाती र मुखमा गम्भिर चोट लागेको थियो।

छाती र मुखमा गम्भिर चोट लागेका खड्कालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा गयराती २ बजेतिर मायामेट्रो अस्पतालमा खड्काको मृत्यु भएको छ।  जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः कैलाली खबर

प्रतिक्रिया दिनुहोस्