अवैध लागूऔषधसहित ६ जना पक्राउ

असार १, भक्तपुर, भक्तपुर नगरपालिका-४ मंगलाछेबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ५ सय २० ग्रामसहित सोही नगरपालिका-४ मंगलाछे बस्ने २३ वर्षीय अभी तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रहमदेबबाट अवैध लागूऔषध चरेस करिब १ सय १० ग्रामसहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय करन ओडलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही ठाउँस्थित गणेश बुढाको पसलबाट ल्याएको भन्ने खुल्न आएपछि गणेशलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४२ मिलिग्रामसहित भोजपुर हतुवा गढी गाउँपालिका-७ बस्ने २५ वर्षीय प्रकाश राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२४ प ७७९२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काभ्रे, बनेपा नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद  ३ लाख १९ हजार रुपैयाँसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका ३० वर्षीय लाक्पा शेर्पा र काभ्रे तेमाल गाउँपालिका-३ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त लागूऔषध, तराजु र नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्