अन्तर्राष्ट्रिय अन्तर्वार्ता

क्यानडामा सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु

क्यानडामा सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु
SENSITIVE MATERIAL. THIS IMAGE MAY OFFEND OR DISTURB Police secures the area at the crash scene near Carberry, Manitoba, Canada June 15, 2023 in this still image obtained from a social media video. PortageOnline/Mike Blume/via REUTERS

क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

 

क्यान्बेरी भन्ने स्थानको राजमार्गमा ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरुको ज्यान गएको हो । कम्तिमा दश जना यात्रु र दुई जना चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुर्घटनामा परेको बसमा रहेका अधिकांश यात्रुहरु ज्येष्ठ नागरिक र त्यसमाथि ह्वीलचेयरमा बस्ने अवस्थाका वृद्धहरु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनालगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरु घटनास्थला उद्दारका लागि पुगेका थिए ।

 

तीब्र गतिमा रहेको सेमी ट्रेलर ट्रकले बसलाई ठक्कर दिएको प्रतक्ष्यदर्शीले बताएका छन ।।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…