मेयर बालेन्द्रले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष” चल्न नदिने, फिल्ममा जानकी भारतीय छोरी हुन् भने पछि बालेन आक्रोशित

जेष्ठ ३२, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष तथा कुनै पनि भारतीय फिल्म काठमाडौ महानगरपालिका भित्र  चल्न नदिने भएका छन

उनले आज सामाजिक संजालमा एक पोष्ट गर्दै यस्तो भनेका हुन, उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ” भनेर भनेका छन,

 

उनले यो सच्याउन ३ दिनको समय पनि दिइएका छन । भारतको हेपाहा प्रवित्री बढी रहदा अब भारतका राजनितिक तथा फिल्म उद्योगले समेत इतिहासको मजाक अथवा बेवास्ता गरेको पाइन्छ, भारतको यस्तो कार्यलाइ समयमै न रोक्ने हो भने यस्ता घृणीत कार्य अझ पनि बढ्ने संभावना देखिन्छ तेसैले सम्पुर्ण नेपालीले एकजुट भई यस्को बिरोध गर्न आवश्यक छ

उनको भनाई जस्ताको तेस्तै:

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

प्रतिक्रिया दिनुहोस्