अन्तर्वार्ता समाज

गोरखामा बस दुर्घटना हुदाँ १२ जना घाइते

गोरखामा बस दुर्घटना हुदाँ १२ जना घाइते

 

नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस आज गोरखा नगरपालिका–८ ढुंगागाढेमा दुर्घटना हुदाँ १२ जना घाइते भएका छन् ।

नारायणगढबाट आरुघाटतर्फ जाँदै गरेको ना ५ ख ७२११ नम्बरको यात्रुबाहक बस आज बिहान ११ बजेतिर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको र घाइतेमध्ये दुईजना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेका २ जनालाई चितवनको भरतपुर मेडिकल कजेलमा रिफर गरिएको डीएसपी लीलाराज लामिछानेले जानकारी दिनुभएको छ । यात्रुहरुमध्ये १० जनाको गोरखा अस्पतालमा उपचार भइरहेको डीएसपी लामिछानेले बताउनुभयो । बसको ब्रेक फेल भइ भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 

बसमा १५ जना यात्रुहरु सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…