अमेरिकाको टेक्सास समुन्द्री तटमा हजारौं मरेका माछा

अमेरिकाको टेक्सासको समुन्द्री तटमा पानीमा अक्सिजनको मात्रा कम भएका कारण हजारौं मरेका माछा फेला परेका छन ।

अधिकारी लेरिन जोन्सनका अनुसार गर्मीमा तापक्रम बढ्दा माछा मर्नु सामान्य कुरा हो । यदि पानीमा पर्याप्त अक्सिजन छैन भने, माछाले सास फेर्न सक्दैन। क्विन्टाना बिच काउन्टी पार्कका अधिकारीहरूले यति ठूलो संख्यामा माछाको अकाल मृत्युबाट गहिरो दुःखी भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्