नेपाल एयरलाइन्सले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ ।

नेपाल बायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ ।\

 

निगमले काठमाडौं–मलेसिया–भैरहवा–काठमाडौं रूट अन्तर्गत साताको एक दिन उडान गर्न लागेको हो । मलेसियाको क्वालालम्पुरबाट आएको एनएसीको विमान आज बिहान साढे ७ बजे निगमको न्यारोबडी जहाज विमानस्थलमा अवतरण भएको हो । विमान भैरहवा अवतरण गरेर विमान काठमाडौं आउने छ । विमानले हरेक मंगलबार नियमित उडान गर्ने जनाइएको छ । निगमले दिल्ली–भैरहवाका लागि पनि उडानको तयारी गरेपनि उडान अनुमति पाएको छैन । गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरूको पनि व्यवस्था गरिने निगमले बताएको छ ।।

प्रतिक्रिया दिनुहोस्