कार्यालय समयमा टिकटक बनाए कारबाही

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हो ।कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको गाडी प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो ।पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्