रूपन्देहीमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु

रूपन्देहीको तिलोत्तमामा गएराति सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको जिप तिलोत्तमा नगरपालिका– ३ शान्तिकुञ्जमा दुर्घटना हुँदा अर्घाखाँची छत्रगञ्जका चालक विकास श्रेष्ठको मृत्यु भएको हो । जीप सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्