डडेल्धुरामा जीप दुर्घटनामा परि ९ जना घाइते

डडेल्धुरामा जीप दुर्घटना भएको छ।

 

आज (शुक्रवार) ९ बजे जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएको हो। जीप निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए।

दुर्घटनामा परि ९ जना घाइते भएको उनले बताए। घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डिएसपी भट्टले बताए। जीप चालक सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहरा रहेको र बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्