क्यानडाको जंगलमा डढेलो लाग्दा क्यानडा सहित अमेरिकाका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ 

केही दिनयता क्यानडाका जंगलमा डढेलो लाग्दा उक्त देशसहित अमेरिकाका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ ।

 

क्यानडाको पूर्वी राज्य क्यबुेकमा डढेलो लाग्दा दुवै देशका लाखौं मानिसहरू प्रभावित भएका हुन । डढेलो लागेको क्षेत्रका हजारौं स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । ४ सयभन्दा बढी स्थानमा डढेलो लागेकोमा २ सय ३६ स्थानको डढेलो नियन्त्रणबाहिर गएको बताइएको छ । हालसम्म ४० लाख हेक्टरमा डढेलो फैलिएको अनुमान गरिएको छ । जंगलमा लागेको आगोको धूवाँ पूरै देशभरि फैलिरहेको छ । ओटावा र टोरन्टोको अवस्था झनै खराब भएको छ । डढेलोका कारण भएको वायु प्रदूषण यस साताभरि नै रहने अनुमान गरिएको छ । वायुमण्डलमा फैलिएको धूवाँले कम भिजिबिलिटी हुँदा हवाई उडानहरू पनि स्थगित भएका छन  ।

न्युयोर्क, वासिङ्टन डीसी, फिलडेल्फिया, न्युजर्सी र सेराल्टमा उडान प्रभावित भएका हुन । डढेलो फैलिएको क्षेत्रका २० हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ ।।

प्रतिक्रिया दिनुहोस्