अन्तर्वार्ता

कालिकोटमा स्टार्ट गरेर राखेको जिप पल्टिँदा दुई जनाको मृत्यु

कालिकोटमा  स्टार्ट गरेर राखेको जिप पल्टिँदा दुई जनाको मृत्यु

कालिकोटमा आज विहान स्टार्ट गरेर राखेको जिप पल्टिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप रास्कोट नगरपालिका वडा नम्बर दुई सेरा बजारमा स्टार्ट गरेर राखेको जीप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा रास्कोट–१ लहरेलाका मनबहादुर शाही र उनकी श्रीमती मनकुमारी शाहीको मृत्यु भएको छ । मृतक शाही नेपाली कांग्रेसका वडा सभापति पनि हुन् । जिपमा रहेकी रिता सिँह गम्भीर घाइते भएकी छिन् । घाइतेको रास्कोट अस्पतालमा उपचार भइरहेको छ ।

चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी खोलामा खसेको बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…