सहकारीलाई ऐनविपरीत घरजग्गामा लगानी गरे कारबाही गर्ने

ऐनविपरीत घरजग्गामा लगानी गर्ने सहकारीलाई नछाड्ने सहकारी विभागको चेतावनी दिएका छन

ऐन विपरीत वित्तीय गतिविधि सञ्चालन गरेकै कारण सहकारीमा समस्या आएको जनाउँदै नियामक सहकारी विभागले त्यस्तो गतिविधिमा संलग्न जुन कुनै संस्थालाई कारबाही गरिछाड्ने चेतावनी दिएको हो । सहकारी क्षेत्रमा समस्या आएसँगै नियामक र अभियन्ता आमनेसामने भएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारीमा विद्यमान समस्या, चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले ऐन विपरीत घरजग्गामा लगानी गर्ने संस्थालाई कारबाही गरिछाड्ने उद्घोष गरे । ‘अहिलेको समस्याको मुख्य जड नै सहकारी संस्थाहरूले अवैध रूपमा घरजग्गामा गरेको लगानी हो ।

आफ्नो क्षमताभन्दा ठुलो वित्तीय कारोबार नै हो,’ ऐनले नदिएपछि कसरी सहकारी संघ संस्थाहरूले घरजग्गामा लगानी गरिरहेका छन् भन्ने खास उदाहरण समेत पेश गर्दै रजिष्ट्रार घिमिरेले भने, ‘पहिला समस्या सल्टाउन त दिऊँ, त्यसपछि सहकारी संस्थालाई कारबाही हुन्छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्