लुम्बिनी केबलकारको उदघाटन आज प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दै

लुम्बिनी केबलकारको औपचारिक उदघाटन आज प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दैछन ।

आईएमई समूहको लगानीमा बनेको केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी औपचारिक उदघाटन हुन लागेको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म तीन किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।

पाल्पाको वसन्तपुरमा केवलकारसँगै कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गेधारा, पोखरी आदि संरचना रहेका छन । केवलकारमा भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित हुने विश्वास गरिएको छ । केबलकार र रिसोर्टसहितको आयोजनाको लागत पाँच अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ ।

केबलकार सञ्चालनमा आएसँगै ’टप स्टेशन’ मा साढे तीन अर्ब रुपैयाँको लागतमा पाँचतारे होटललगायतका संरचना निर्माण हुने बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्