युवती हत्या प्रकरण थप रहस्यमय बन्दै, ससुरा अहिले सम्म फरार

कैलालीमा युवती हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ। जिल्लाको गौरिगङ्गा नगरपालिका–१ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया युवती कबिता बुढा हत्या प्रकरण रहस्यमय बन्दै गएको हो।

विवाहित कविता मंगलबार मृत फेला परेकी थिइन। कविताको शव वनभित्र खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको थियो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको आंशका प्रहरीके छ। मृतक बुढाका श्रीमान कामको  सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी छन्।

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्