माछापोखरीमा डुबेर ११ वर्षीय युुनिषा खत्रीको मृत्यु

नवलपरासीको रामग्राम नगरपालिका–१० नदुवामा रहेको माछापोखरीमा डुबेर ११ वर्षीय युुनिषा खत्रीको मृत्यु भएको छ ।

अर्की ७ वर्षीया मुना खत्रीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए । अत्यधिक गर्मीका कारण सोमबार १२ बजे दुवै जना पौडी खेल्न जाँदा घटना भएको प्रहरीले जनाएको छ ।

पोखरीमा पानीको छ्याप्लाङ छुप्लुङ गरेको देखेपछि माछा पोखरीका धनीले उद्धार गरी निकालेका थिए। त्यस क्रममा एक जनाको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको र गम्भीर अवस्थामा रहेकी अर्कीको थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्