अफगानिस्तानमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइयो

अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।

अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिनुभएको हो । अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानूनको कठघरामा ल्याउन आग्रह गर्नुभएको छ । अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताउनुभयो । गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ८७ जना एक्कासी बिरामी परेपछि उनीहरूलार्ई अस्पताल लगिएको थियो ।

उनीहरूलाई कसरी बिष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्