हिजो बढेको शेयर बजार आज घटेको छ ।

 

हिजो उत्साहजनक रूपमा बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक १७.३८ अंक घटेर १९०१ विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज २७७ स्टकको ३६ हजार ५६८ पटकको कारोबारमा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज रिभर फल्स पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य २६ रुपैयाँ ८० पैसा बढेर २९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र गोर्खाज फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । आज शिवम् सिमेन्ट्सको शेयरमूल्य सर्वाधिक ४.५० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको करिब १० करोडको शेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ ।

जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक, वित्त, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्