रजनीगन्धा र तुलसीसहित ३ जना पक्राउ

 मोरङको विराटनगर महानगरपालिका–५ स्थितबाट अबैध रजनीगन्धा र तुलसीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहले विराटनगर–५ चाँदनी चोकस्थित जय गणेश जनरल स्टोरमा भारतबाट अवैधरुपमा ८६९४ पिस रजनीगन्धा र ७३४४ पिस तुलसी ल्याइ स्टोर गरिरहेको अवस्थामा फेला पारी चोरी तस्करी कार्यमा संलग्न रहेका भोक्राहा नरसिंह गाउपालिका–६ सुनसरीका २६ वर्षीय दिपककुमार साह, २६ वर्षीय गुरुदेव साह र बिराटनगर–५ का ४२ वर्षीय अरुण यादव समेतलाई को १३ प ५०८५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । अबैध रजनीगन्धा र तुलसी सहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको गस्ती टोलीले दुहबी नगरपालिका–२ स्थितमा अवैध रुपमा भारतबाट भन्सार छली चोरी निकासी गरी नेपालतर्फ ल्याउँदै गरेको करिब १ लाख ६ हजार मूल्य बराबरको १८० पिस कुर्ता सुरुवाल बरामद गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालयमा बुझाएको छ ।

 

स्रोतः झापा अनलाइन

 

 

प्रतिक्रिया दिनुहोस्