नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज मलेसियाविरुद्ध सिरिजको निर्णायक खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले अहिले ब्याटिङ गरिरहेको छ । पाँच खेलको सिरिज दुई–दुईको बराबरी भएकाले आजको विजेताले सिरिज हात पार्नेछ । एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको नेपाल पहिलोपटक पाँच खेलको टी–ट्वान्टी सिरिज जित्ने प्रयासमा छ । शनिबार भएको खेलमा ४ विकेटले पराजित भएपछि नेपाल एक खेलअगावै च्याम्पियन बन्ने अवसरबाट चुकेको थियो ।

पहिलो खेल ५ विकेटले गुमाएको नेपालले त्यसपछिका दुई खेलमा भने लगातार जित हात पारेको थियो ।।

प्रतिक्रिया दिनुहोस्