अन्तर्वार्ता

आगलागीमा साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट

आगलागीमा साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट
Flames engulf a chair inside a burning home as the Oak Fire burns in Mariposa County, Calif., on Saturday, July 23, 2022. (AP Photo/Noah Berger)

डोटीमा आगलागी हुँदा झण्डै साढे दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

जिल्लाको बोग्टानफुड्सिल गाउँपालिका–१ मडाका अम्मर बोहराको एक तले दुई कोठे काठले बनेको जस्ता र खरले छाएको घरमा कोही नभएको अवस्थामा विहिबार आगलागी भएको हो। बोहराकै बच्चाहरुले आगो खेल्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा आंशिक क्षति पुगेको छ।

घरको काठ, खाद्यान्न, लत्ताकपडा, नगद एक लाख ५० हजार, जस्तापाता, एक थान मोवाईल लगायत गरी  दुई लाख चार हजार ८ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…