ब्राउनसुगरसहित चार जना पक्राउ

सुनसरी र इलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधबार साँझ नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१७ का ३४ वर्षीय मनिष पाण्डे, धरान–११ का ३५ वर्षीय सूर्यकुमार राई, झापा गौरीगञ्जकी ३२ वर्षीया बबिता राजवंशी र दमक नगरपालिका–२ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् ।

पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडकमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी, प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका–२ बाट राजवंशी र बिश्वकर्मालाई ०.४६ मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । मे १ ह ३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

स्रोतः झापा अनलाइन

प्रतिक्रिया दिनुहोस्