अपराध

चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा एक जना पक्राउ

चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा एक जना पक्राउ

झापामा एकै रातमा चार वटा पसलको सटर फोडेर चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको शिवसताक्षी नगरपालिका ५ आमबाडी का ५६ वर्षीय सविलाल खवास रहेको प्रहरीले जनाएको छ । शिवगंज बजारमा शृङ्खलाबद्ध रूपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो आएपछि इलाका प्रहरी कार्यालय शिवगञ्जमा प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएको सामान र नगदसहित पक्राउ गरेको हो ।

चोरीमा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडासहित पक्राउ परेका खवासविरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…