गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनको भरतपुरमा १७ नारायणचोकमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 

मृत्यु हुनेमा नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेका छन् । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका ५७ वर्षीय टङ्कनाथ रेग्मी भने उपचारपछि घर फर्कनु भएको प्रहरीले जनाएको छ ।

स्रोतः तुलसीपुर खबर

प्रतिक्रिया दिनुहोस्