धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ

कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नं. २ त्रिनगर ब्यारेलबाट दुई ग्राम ७ सय ९० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले धनगढी उपमहानगरपालिका-५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्