अन्तर्राष्ट्रिय अन्तर्वार्ता

११ महिनाको बच्चासहित चार जना १८ दिन पछि जीवितै

११ महिनाको बच्चासहित चार जना १८ दिन पछि जीवितै

कोलम्बियामा १८ दिनअघि भएको विमान दुर्घटनामा ११ महिनाको बच्चासहित चार जना जीवितै भेटिएका छन् ।

विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको कोलम्बियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको उल्लेख गर्नुभएको हो ।

गएको मे १ मा विमान दुर्घटना भएकोमा विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जनाभन्दा धेरै सिपाही तैनाथ गरिएको थियो । दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो ।

राष्ट्रपति पेट्रोले बालबालिकालाई कहाँबाट उद्धार गरिएको हो र उनीहरू जङ्गलमा एक्लै कसरी बाँचे भन्नेबारेमा कुनै जवाफ दिनुभएको छैन । बालबालिकाहरू जङ्गलमा हाँगा भाँचेर बनाइएको सानो आश्रयस्थलमा बसेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…