महोत्तरीबाट ८२ किलो अवैध गाँजा बरामद

महोत्तरीबाट प्रहरीले अन्दाजी ८२ किलो अवैध गाँजा बरामद गरेको छ। गौशाला नगरपालिका १२ बाके खोलाबाट रेलवे पुल नजिक खोलाको बाटो हुदै कान्तिबजारतर्फ आउँदै गरेको ना ७ त २२०० नम्बरको ट्रयाकटरबाट ८२ किलो अवैध गाँजा बरामद गरेको हो।

गस्तीमा गएको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा गाँजासहित ट्रयाकटर र चालक सर्लाहीको इश्वरपुर नगरपालिका १२ बस्ने वर्ष २६ को गणेश सार्की र ट्रयाकटरमा सवार सोहि ठाउ घर बस्ने वर्ष २७ को पाण्डब थापालाई ट्रयाकटर सहित नियन्त्रणमा लिएको जनाएको छ ।

 

स्रोत ः महोत्तरी न्युज

प्रतिक्रिया दिनुहोस्