टीकापुरमा लागु औषध Brown Sugar (खैरो हेरोईन) सहित ३ जना पक्राउ !

टीकापुर ३१ गते साँझ ५: ३० बजेको समयमा जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. १ सतघरुवा स्थितमा बस्ने प्रकाश चौधरीको घरमा लागु औषध (खैरो हेरोईन) को कारोबार भईरहेको छ
भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले निज प्रकाश चौधरीको घर कोठामा चेकजाँच गर्दा उक्त घरको पुर्व तर्फको दोस्रो कोठामा बस्ने बर्ष २८ को प्रकाश चौधरी.ज्योतीनगर बस्ने बर्ष २७ को कृष्ण बराल र भजनी नगरपालिका वडा नं. ८ कृष्णनगर बस्ने बर्ष २३ को रतन जैशीलाई फेला पारी रित पुर्वक निजहरुको शरीर तथा उक्त कोठाभित्र खान तलासी गर्दा निजहरु बसिरहेको खटियाको सिरानी मुनी प्लास्टिकको पोका थान १ (एक) र निज प्रकाश चौधरीको पर्स भित्र लुकाई छिपाई गरि राखेको निलो रङको प्लास्टिकको पोका थान १२ (बाह्र) गरि जम्मा कुल तौल १ ग्राम २७० मिलिग्राम र प्लास्टिक बाहेक कुल तौल १ ग्राम ८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेला पारी रितपुर्वक बरामद गरि निज प्रकाश चौधरी कृष्ण बराल र रतन जैशीलाई पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको !

प्रतिक्रिया दिनुहोस्