कैलालीमा एकैदनि एक किशोरसहति लागुऔषधमा संलग्न चार जना पक्राउ

 

टीकापुर नगरपालिका वडा नं. १ सतघरुवाका २८ वर्षीय प्रकाश चौधरीसहित ३ जना लागूऔषधसहित आइतबार राति पक्राउ परेका छन् । करिब १ ग्राम ८० मिलिग्रामसहित चौधरीको घरमा लागूऔषध कारोबार भइरहेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै टीकापुर नगरपालिका वडा नं. १ बाट पनि प्रहरीले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ । करिब २ सय ९० मिलिग्राम लागुऔषधसहित टीकापुर नगरपालिका वडा नं. १ ज्योतीनगरमा डेरा गरी बस्दै आएका अछाम विनायक पञ्चदेवल नगरपालिका वडा नं. ७ पुल्यतोलाका १८ वर्षीय किशोर आइतबार राति पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्